विवाहको लागि बर र बधुको चिना मिलाउनु जरुरी छ? चिना मिलेन भने के हुन्छ भन्ने जिज्ञासा सबैमा हुन्छ। पहिले पहिले मागी विवाह गर्ने चलन थियो। जुन प्रचलन अनुसार केटा पक्षले केटीको चिना माग्ने र ज्योतिष कहाँ लगि दुई जनाको चिना मिल्छ, मिल्दैन भिडाई मिल्छ भने मात्र विवाह गर्ने चलन थियो। त्यति बेला गर्ने विवाह कालान्तरसम्म टिक्छ भन्ने चलन थयो। तर अहिले प्रेम विवाह गर्ने चलन छ। यस विवाहमा चिना मिलाउनु पहिले नै प्रेम भइसक्ने हुँदा चिना मिलाउन अप्ठ्यारो हुने हुँदा प्रायले साइत मात्र जुराउने चलन छ। यसरी चिना नमिलेको विवाहमा कुनै न कुनै कुरामा अप्ठ्यारो परि नै रहेको हुन्छ।
केटा र केटीको चिना हेर्दा सर्वप्रथम मांगलिक दोष छ छैन हेर्नुपर्छ। मांगलिक दोष दुवैको नभए मा राम्रो मानिन्छ। यदि दुवैको मांगलिक दोष भएमा पनि विवाहको लागि उपयुक्त मानिन्छ। दुईमध्ये एकको मांगलिक दोष छ भने त्यस्तो व्यक्तिहरुबीच विवाह गर्ने बर्जित गरेको छ। यसबाहेक दुवैको लग्न कुण्डली हेर्ने पनि उतिकै आवश्यक छ। लग्न कुण्डली राम्रो छ भने जीवन पर्यान्त राम्रो हुन्छ र छैन भने असफल हुन सकिन्छ।
चिना मिलाउँदा कति गुण छ भन्ने प्राचिन प्रचलन छ। यस प्रचलन अनुशार केटा र केटीको राशि, नक्षत्र हेरिन्छ। जन्म नक्षत्र अनुशार वर्णको १, बत्स्यको २, ताराको ३, योनीको ४, ग्रह मैत्री ५, गणको ६, राशीको ७ र नाडीको ८ गरि जम्मा ३६ गुण हुन्छ। ३६ मध्य १८ गुण आएमा विवाह गर्ने सकिन्छ। कम भ्उमा विवाहको लागि त्यति उपयुक्त हुँदैंन। जति धेरै गुण मिल्यो त्यति नै राम्रो मानिन्छ।
केटा र केटी दुवैले आफ्नो राशी र नक्षत्र चिना हेरे थाहा पाउन सकिन्छ। पात्रोवाट आफूहरुको कति गुण रहेछ थाहा पाउन सकिन्छ। पात्रोको शुरुका पानाहरु तिर बरबधु, मेलापक, सारीनी भनेर एउटा अंक मेलापन दिएको हुन्छ। जसमा बरको नक्षत्र प्राय ठाडो र बधुको तेर्सा लेखेको हुन्छ। दुई जनाको नक्षत्र जानेर त्यस त्यस नक्षत्रको ठाडो र तेर्सा मिलाउँदा जति अक आउँछ उनिहरुको त्यति नै गुण हुन्छ
ज्योतिषीय मिलापक खाली परम्पराको निर्बाह गर्नु मात्र होइन, यसले दाम्पतिको स्वभाव, गुण, प्रेमसम्बन्ध, एकआपसमा हुने व्यबहार, सन्तान सुख, भाबी दाम्पत्य जीवन सफल हुन्छ वा हुँदैन भन्ने जस्ता अनगिन्ती प्रश्नको जवाफ पाउन सकिन्छ। जन्म समयलाई आधार मानेर ज्योतिष शास्त्रनुसार चिना बनाइएको हुन्छ। चिनामा बिबाहको गुण मिलापक चक्र अनुसार मंगल प्रभाव, गण, नाडी, योनि, भकुट, षडाष्टक, राशी स्वामि आडि हेरिन्छ। केटा वा केटी मंगलदोषयुक्त परेको चिनामा देखिन्छ र दोषनिवारणका उपाय नगर्दा दोषले दिने दुस्प्रभाब भोग्नै पर्दछ। जसमा बिबाह बिच्छेद, बंश नास, सन्तानमा हानी गर्दछ।
योनिले वैवाहिक पक्षमा बिभेदता ल्याउँछ। एकअर्काको कुरो नमिल्दा व्यबहार संचालनमा समस्या आउँछ। षडाष्टक अर्थात पति वा पत्नीको राशीबाट एक अर्काको राशीमा छैठौ वा आठौं परेमा पनि ब्यबहारिक जीवनमा समस्या आउँछ। तथापि पृती षडाष्टक परेको भए बिबाह गर्न सकिन्छ। मृत्यु षडाष्टक भए विवाह गर्न हुँदैन। यदि केटा केटीको सस्कार, संस्कृति, रितिरिवाज, रगत समूह मिल्दछ भने राम्रो ज्योतिषीसँग परामर्श गरेर बिवाह गर्दा राम्रो हुनेभए बिवाह गर्न सकिन्छ।