बुधबार, पुस २, २०८२

बनेपामा फुटबल एकेडेमी स्थापना

बालबालिकालाई फुटबलमा आकर्षित गर्न सानै उमेरदेखि प्रशिक्षण दिएर उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीसम्मका उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य। 
 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

काभ्रे– काभ्रेको बनेपामा फुटबल खेलको विकासका लागि क्रियाशील दुई क्लबको सहकार्यमा फुटबल एकेडेमी स्थापना गरिएको छ।

National life

बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा उक्त एकेडेमी स्थापना गरिएको हो। एकेडेमीले स्थापनासँगै सातदेखि १७ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षणसमेत दिन सुरु गरेको छ।

एकेडेमीले हाल ६० बालबालिकालाई बनेपा पोलिटेक्निकस्थित मैदानमा फुटबल प्रशिक्षण दिइरहेको छ। काभ्रे जिल्ला फुटबल संघसँगको सहकार्यमा स्थापना गरिएको एकेडेमीको अध्यक्षमा निरोज शाक्य, उपाध्यक्षमा मनिष भोछिभोया, सचिवमा सागर मानन्धर र कोषाध्यक्षमा कञ्चन नापित रहेका छन्। 

यस्तै, सदस्यमा रसिला जर्घामगर, अनिश लामा र राहुल श्रेष्ठ रहेका छन् भने सल्लाहकारमा बागमती प्रदेश फुटबल संघ अध्यक्ष निरोज श्रेष्ठ र एन्फाका केन्द्रीय सदस्य एवं जिल्ला फुटबल संघ अध्यक्ष विकास नारायण श्रेष्ठ, सञ्चारकर्मीद्वय विनोद न्यौपाने र केशवराज पौडेल रहेका छन्। 

बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्दै प्रशिक्षण दिने र उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीसम्मका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गरिएको जनाइएको छ। एकेडेमीले निकेश नापितलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ।–रासस 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 05, 2023| 17:45 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्