मंगलबार, वैशाख २९, २०८३

मकवानपुरका उद्योग अनुगमन

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, उपमहानगरको टोली सम्मिलित अनुगमनका बेला कैफियत भेटिएका उद्योग सिल गरिनुका साथै जरिमाना तोकियो।
 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

मकवानपुर– अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ। तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक बेकरी उद्योगमा सिलबन्दी गरिएको छ। तीन व्यावसायिक फर्मलाई जरिमानासहित कारबाही गरिएको छ।

National life

जिल्ला प्रशासन कार्यालयसहित घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा रहेको खुस्बु बेकरी उद्योगमा सिलबन्दी गरेको हो।

सो उद्योगले नापतौल यन्त्रको अनुमतिपत्र नलिएको, उत्पादित खाद्यपदार्थमा लेबल नलगाएको, उद्योगमा सरसफाइ नगरेको र उत्पादित खाद्य सामग्रीको अनुज्ञापत्र नलिएको पाइएपछि टोलीले उद्योगमा सिलबन्दी गर्नुका साथै जरिमानासमेत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टीका शर्माले जानकरी दिए।

अनुगमन टोलीले सो उद्योगले गैरकानुनी तथा उपभोक्ता हितविपरीत काम गरेकाले रु दुई लाख ५० हजार जरिमाना गर्नुका साथै तीन दिनभित्र कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।

टोलीले बस्तीपुरस्थित सन्तोष किराना पसल, न्यू पराजुली स्टोर्स र दोर्जे सिन्तानको किराना तथा मासु पसललाई जनही १० हजारका दरले  जरिमाना गरेको छ। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा, हेटौँडा उपमहानगर, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलगायत सहभागी थिए।–रासस

प्रकाशित: Aug 05, 2023| 16:34 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्