आइतबार, वैशाख २७, २०८३

आन्तरिक विशेष अभियान चलाएर बलियो बनाइँदै कांग्रेस

 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

काठमाडौं– सत्ता र शक्ति वरपर रहने नेता, कार्यकर्ताका कारण चुस्त हुन नसकेको सत्तारुढ कांग्रेसलाई बलियो बनाउन संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु भएको छ। आजदेखि सुरु भएको आन्तरिक अभियान १० दिनसम्म चल्नेछ।

National life

२ देखि १० साउनसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठक समापनका दिन संगठन सुदृढीकरणका लागि सुरुमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय पारित भएको थियो। सोहीअनुसार कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्यलाई खटाएर अभियानमा परिचालन गरिरहेको छ।

जिल्ला खटाइएकाले संगठन बलियो बनाउन जिल्ला कार्यसमितिलगायत पार्टीका तल्ला समितिसँग छलफल गरेर आवश्यक रणनीति तय गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

आन्तरिक अभियान सकिएपछि १० देखि २४ भदौसम्म समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन हुने महामन्त्री शर्माले बताए। कांग्रेसले यो वर्ष करिब ७ लाखसम्म सदस्य पार्टीमा थप्ने नीति लिएको छ। सोहीअनुसार संगठनलाई चलायमान बनाउन लागिएको हो। 

प्रकाशित: Aug 05, 2023| 16:10 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्