आइतबार, वैशाख २७, २०८३

कांग्रेसको संगठन शुद्धीकरण अभियानमा सहभागी हुन निर्देशन

तरुण दल अध्यक्ष गुरुङले आजदेखि ३० साउनसम्म हुने संगठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सहभागी हुन निर्देशन दिएका हुन्।
 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

National life

काठमाडौं– सत्तारुढ कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको संगठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।

तरुण दल अध्यक्ष विद्वान् गुरुङले विज्ञप्ति जारी गरी आजदेखि ३० साउनसम्म हुन लागेको पार्टीको संगठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सहभागी हुन निर्देशन दिएका हुन्।

‘कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि १० दिनसम्म ७७ वटै जिल्लामा हुन लागेको शुद्धीकरण अभियानमा खटिएका पार्टीका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति पदाधिकारी एवं सदस्यसँग समन्वय गरी अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्छ’, अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ। तरुण दलले अभियानका लागि सबै जिल्लामा आफ्ना प्रतिनिधि पठाउने उनले बताए।

प्रकाशित: Aug 05, 2023| 14:38 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्