आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • १४ वटै हिमाल आरोहण गरेका विश्व कीर्तिमानधारीलाई काठमाडौंमा स्वागत

१४ वटै हिमाल आरोहण गरेका विश्व कीर्तिमानधारीलाई काठमाडौंमा स्वागत

९२ दिनमै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएर फर्केपछि नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलालाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको हो।
 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

काठमाडौं– ८ हजार मिटरभन्दा माथिका १४ वटै हिमाल आरोहण गरेर रेकर्ड बनाएका दुई आरोहीलाई काठमाडांैमा स्वागत गरिएको छ। ९२ दिनमै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएर फर्केपछि नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलालाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको हो।

triton college

आज बिहान काठमाडौं विमानस्थल अवतरण गरेका दुई आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्। 

यस्तै, पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघलगायत संघ–संस्थाका प्रतिनिधिले दुई आरोहीलाई स्वागत गरे। ११ साउन बिहान ११ बजेर ४५ मिनेटमा लामा र हरिलाले दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेपछि उनीहरूले नयाँ रेकर्ड बनाएका हुन्।

यसअघि निर्मल पुर्जा मगरले ६ महिना ६ दिनमा यी १४ हिमाल आरोहण गरेका थिए। त्यसअघि यो रेकर्ड कोरियाली नागरिक किम चाङ होको नाममा थियो। उनले ७ वर्ष १० महिना ६ दिन लगाएर उक्त रेकर्ड बनाएका थिए। 

प्रकाशित: Aug 05, 2023| 11:33 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्