आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो ज्ञापनपत्र

तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो ज्ञापनपत्र

जनमत पार्टी उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएको हो।
 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

काठमाडौं– तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउनुपर्ने मागसहित सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। आज बिहान जनमत पार्टी उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएको हो।

National life

प्रधानमन्त्री प्रचण्डले तराई मधेसमा खानेपानीमा देखिएको समस्याबारे जानकार रहेको र खानेपानी तथा सिँचाइको विकल्पका सम्बन्धमा गृहकार्य गरिरहेको जानकारी दिए। ट्यांकरबाट भए पनि जनतालाई खानेपानीको व्यवस्था गरिने आश्वास प्रधानमन्त्री प्रचण्डले दिएको उपाध्यक्ष खानले बताए।

तराई मधेसमा खानेपानी तथा सिँचाइको समस्या  दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले धारणा व्यक्त गरेको उनको भनाइ छ।

जनमत पार्टीले मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी राहत दिनुपर्ने, वीरगञ्जसहितका सुक्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानी व्यवस्था गर्नुपर्न, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नुपर्ने, पानी अभावले बिरामी परेकाको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेलगायत मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो। जनमतले शुक्रबार तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको थियो।

प्रकाशित: Aug 05, 2023| 11:00 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्