मंगलबार, साउन १३, २०८२

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

 |  शनिबार, साउन २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

vianetvianet

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि चौथो दिनको बैठक सुरू हुनेछ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

बुधबारदेखि सुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।

अहिलेसम्म झन्डै सय जना सदस्यहरूले बोलिसकेका छन्। बाँकीले आज बोल्नेछन्। यसपालि नाम टिपाउने सबै सदस्यहरूलाई बोल्न दिने पक्षमा माओवादीको नेतृत्व छ। हरेक सदस्यहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ।

माओवादीमा केन्द्रीय कमिटीको आकार ४०७ सदस्यीय पुगेको छ। यसअघि ३८५ सदस्य रहेकामा ३५ प्रतिशत महिलाको संख्या पुर्‍याउन थप भएका २२ जना महिला सदस्य शुक्रबारदेखि बैठकमा सहभागी हुन थालेका छन्।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी साढे सात सयभन्दा बढी सहभागी छन्। बैठक साउन २१ सम्म चल्नेछ।

प्रकाशित: Aug 05, 2023| 08:49 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्