आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च वृद्धि प्राथमिकतामाः अर्थमन्त्री महत

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च वृद्धि प्राथमिकतामाः अर्थमन्त्री महत

आर्थिक गतिविधि क्रमशः बढ्दै गएकाले पुँजीगत खर्च वृद्धि गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्री महतको धारणा।
 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाइरहेको बताएका छन्। नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी हुन पर्सा पुगेका अर्थमन्त्री महतले पत्रकार सम्मेलनमा आर्थिक गतिविधि क्रमशः बढ्दै गएकाले पुँजीगत खर्च वृद्धि गर्ने तयारीमा सरकार लागेको बताएका हुन्।

triton college

विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको उनको भनाइ छ। ‘विगतमा अर्थतन्त्रमा देखिएको समस्या विस्तारै समाधान हुँदै गएको, पछिल्लो समय विदेशी मुद्रा सञ्चिति अवस्थामा सुधार आएको छ। उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील छ’, उनले भने।

अर्थमन्त्री महतले राजस्व संकलन गर्ने निकायका कर्मचारीबाट हुने दुरुपयोग, त्रुटि र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान दिन निर्देशन गरेको बताए। दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखानालगायतका रुग्ण उद्योग पुनःसञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको जानकारी उनले दिए।

अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि १ करोड बजेट उपलब्ध गराइसकेको पनि बताए। 

प्रकाशित: Aug 04, 2023| 17:07 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्