मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतबाटै १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने तयारीमा सरकार

भारतबाटै १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने तयारीमा सरकार

बजार आपूर्ति खलबलिन नदिन र महँगी नियन्त्रणका लागि धान र चामल आपूर्ति गर्ने निर्णयमा सरकार पुगेको हो।
 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

काठमाडौं– भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै खाद्यान्न अभाव हुन नदिन यो वर्ष १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने तयारी भइरहेको सरकारले बताएको छ। आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक गजेन्द्रप्रसाद ठाकुरले चामल प्रतिबन्ध लगाएको भारतबाटै तोकिएको परिमाणको खाद्यान्न ल्याउन लागिएको बताएका हुन्।

National life

उनले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा अभाव हुन नदिन सरकारकै पहलमार्फत भारतबाट १० लाख टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेटन चिनी खरिद गर्न लागिएको उनले जानकारी दिए।

बजार आपूर्ति खलबलिन नदिन र महँगी नियन्त्रणका लागि धान र चामल आपूर्ति गर्ने निर्णयमा सरकार पुगेको उनको भनाइ छ। ‘भारतले चामल निर्यातमा कर लगाएको कारण नेपालमा चामलको मूल्यवृद्धि भएको छ। मूल्यवृद्धि रोक्न सरकारले धान, चिनी र चामल भारतबाट ल्याउन लागेको हो’, उनले भने।

भारतले गत वर्ष भदौ अन्तिमदेखि कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। बासमती र उसिनाबाहेकका अरू चामल र धान निर्यातमा भने २० प्रतिशत कर लगाएको थियो। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको भाउ अस्वाभाविक रुपमा बढेको छ।

प्रकाशित: Aug 04, 2023| 16:18 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्