मंगलबार, साउन १३, २०८२

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा २२ महिला थपिए

२२ महिला सदस्य थपिएपछि नेकपा माओवादी केन्द्रको ४०७ सदस्यीय जम्बो केन्द्रीय समिति बनेको छ।
 |  शुक्रबार, साउन १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको बुधबारदेखि जारी केन्द्रीय समिति बैठक आज पनि जारी छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत समसामयिक प्रतिवेदनमाथि रहेर केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखिरहेका छन्।

नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा घोषणा गरिएअनुसार ३८५ बाट ४०७ केन्द्रीय सदस्य संख्या पुर्‍याएको छ। आज मात्रै २२ महिला सदस्य थपेपछि नेकपा माओवादी केन्द्रको ४०७ सदस्यीय जम्बो केन्द्रीय समिति बनेको छ। थपिएका महिला सदस्य आजदेखि केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

माओवादी केन्द्रका अनुसार गीताकुमारी कँडेल चौलागाईं, गीता शाही, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, छमकुमारी खनाल केन्द्रीय सदस्य बनेका हुन्।

यसैगरी नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, दिलमाया बूढामगर, नीरमाया श्रीष, सुशीला घिमिरे, सरु चौधरी, सुशीला पौडेल, सूर्यकुमारी विक पनि केन्द्रीय सदस्य बनेका छन्।

नेकपा माओवादीको २०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय समितिमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउने निर्णय गरे पनि हालसम्म थपिएको थिएन। निर्वाचन आयोगले राजनीतिक दलका केन्द्रीय सदस्यमा ३५ प्रतिशत महिला हुनुपर्ने प्रावधान ल्याएपछि नेकपा माओवादीले संख्या थपेको हो।

 

प्रकाशित: Aug 04, 2023| 15:50 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्