आइतबार, वैशाख २७, २०८३

कांग्रेसले फिर्ता लियो दिनेश कोइरालामाथिको कारबाही

गत ४ मंसिर २०७९ मा सम्पन्न संघीय निर्वाचनमा चितवन ३ मा उम्मेदवारका आकांक्षी रहे पनि टिकट नदिएपछि कोइराला स्वतन्त्र रुपमा मैदानमा उत्रिएसँगै कांग्रेसले निष्कासन गरेको थियो। 
 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

काठमाडौं– कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालामाथिको कारबाही फिर्ता लिएको छ। गत ४ मंसिर २०७९ सम्पन्न संघीय निर्वाचनमा चितवन ३ मा उम्मेदवारका आकांक्षी रहे पनि पार्टीले टिकट नदिएपछि कोइराला स्वतन्त्र रुपमा मैदानमा उत्रिएका थिए।

National life

पार्टी निर्देशन विपरीत उम्मेदवारी दिएपछि कांग्रेसले कोइरालालाई निष्कासन गरेको थियो। निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कोइरालालाई एमालेले समर्थन गरे पनि राप्रपाका विक्रम पाण्डेसँग पराजित भएका थिए। 

तर १० वैशाखको उपनिर्वाचनमा कोइरालाले चितवन २ बाट कांग्रेसका आधिकारिक उम्मेदवार जीतनारायण श्रेष्ठको पक्षमा मत मागेका थिए। उनले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएर गल्ती भएको स्वीकार्दै कांग्रेस अनुशासन समितिमा पत्र पठाएका थिए।

अनुशासन समितिले कोइरालासहित चितवन पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलको कारबाही पनि फुकुवा गरेको अनुशासन समिति संयोजक आनन्द ढुंगानाले बताए । अब कोइराला पार्टीको पूर्ववत् जिम्मेवारीमा फर्किएको उनको भनाइ छ।

प्रकाशित: Aug 04, 2023| 14:49 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्