मंगलबार, साउन १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आरजुको मानमर्यादाविरुद्ध प्रचार गर्नेलाई कारबाही गर्न तरुण दलको माग

आरजुको मानमर्यादाविरुद्ध प्रचार गर्नेलाई कारबाही गर्न तरुण दलको माग

तरुण दलको आग्रहलाई बेवास्ता गरिए आरुजुलाई गाली गर्नेविरुद्ध आफैं प्रतिकारमा उत्रने अध्यक्ष गुरुङको चेतावनी।
 |  शुक्रबार, साउन १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सांसद आरजु राणा देउवाविरुद्ध भ्रामक प्रचार गर्नेलाई तीन दिनभित्र कानुनी दायरामा ल्याउन सरकारलाई चेतावनी दिएको छ। आरुजु कांग्रेस केन्द्रीय सदस्य र सभापति शेरबहादुर देउवापत्नीसमेत हुन्।

राजनीतिक पूर्वाग्रह राखेर विभिन्न व्यक्ति र समूहले आरजुविरुद्ध प्रतिष्ठा, इज्जत, मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने गरी सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएकाले तत्कालै कानुनी कारबाही गर्न तरुण दल अध्यक्ष विद्वान् गुरुङले शुक्रबार निकालेको विज्ञप्तिमा भनिएको छ।

‘राजनीतिक पूर्वाग्रह राखेर उक्त कार्यमा संलग्न घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति वा समूहलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन तरुण दल सरकार र प्रहरी प्रशासनसँग माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ। 

तरुण दलको आग्रहलाई बेवास्ता गरिए त्यस्ता गतिविधिविरुद्ध आफैं प्रतिकारमा उत्रने चेतावनी अध्यक्ष गुरुङले दिएका छन्। ‘सुवास बोहरा नामक टिकटक आइडीबाट देउवाको गरिमा, इज्जतमा गम्भीर आँच पुग्ने खाले सामग्री प्रकाशित हुनु आपत्तिजनक छ,’ तरुण दलले भनेको छ।

tarun dal1691136726.jpg

प्रकाशित: Aug 04, 2023| 13:54 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्