आइतबार, वैशाख २७, २०८३

रास्वपा पदाधिकारीका लागि तोकियो शैक्षिक योग्यता

रास्वपामा तोकिएका पदका लागि अनिवार्य स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको हो।
 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठनात्मक नेतृत्वमा सहभागी हुन आवश्यक न्यूनतम शैक्षिक योग्यता निर्धारण गरेको छ। रास्वपाले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समिति प्रमुखका लागि शैक्षिक योग्यता तोकेको हो।

National life

रास्वपामा तोकिएका पदका लागि अनिवार्य स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ। रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले तोकिएका पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभागअनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको योग्यता तोकेको महामन्त्री मुकुल ढकालले बताए।

प्रदेश समितिका पदाधिकारी र सदस्यका लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको उनको भनाइ छ। स्नातक उत्तीर्ण नभए सम्बन्धित विभागअनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनेको ढकालले सुनाए।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभागअनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड तोकिएको छ।

प्रकाशित: Aug 04, 2023| 12:15 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्