आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसको सचिवालय बैठक, केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल  

नेकपा एसको सचिवालय बैठक, केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल  

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्नेछ।
 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

काठमाडौं– सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक कीर्तिपुर नगरपालिका–४ मा अवस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको छ। बैठक बिहान ८ बजेदेखि सुरु भएको नेकपा एसले जनाएको हो।

National life

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

नेकपा एसले आगामी ५, ६ र ७ भदौमा काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुनेछ।

स्थायी कमिटीको बैठक २०–२१ साउनमा केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने तय भएको छ। पोलिटब्युरो बैठक आगामी ३–४ भदौमा केन्द्रीय कार्यालयमै राखिएको उपमहासचिव खतिवडाले बताए।

प्रकाशित: Aug 04, 2023| 11:04 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्