मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तस्करीमार्फत नेपाल ल्याइएको ७ करोडको सामान भन्सारलाई बुझाइयो

तस्करीमार्फत नेपाल ल्याइएको ७ करोडको सामान भन्सारलाई बुझाइयो

गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलीबाट ल्याउन लागिएको सामान बरामद गरी भन्सारलाई बुझाइएको हो।
 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

महोत्तरी– सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको ७ करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाएको छ।

National life

गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो।

भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ। 

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट  भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको हो। 

भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन्। बरामद गरी भन्सारलाई बुझाइएका दुई सय २० सवारीसाधन ३ करोड ४३ लाख मूल्य बराबरका रहेका छन्।

यसैगरी २३ लाख ८२ हजारको पशुचौपाया तथा ३ करोड २३ लाख मूल्य बराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले बताए। 

बरामद गरिएका अन्यमा १ करोड ९ लाख मूल्य बराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजारका कपडा, २८ लाख ३० हजारका चौँरीगाईका पुच्छर, २५ लाख ६३ हजारका इलेक्ट्रोनिक्स सामानलगायत छन्।

प्रकाशित: Aug 04, 2023| 10:38 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्