शुक्रबार, जेठ २९, २०८३

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौ‌- संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।

National life

साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशका लागि श्रेष्ठ सिफारिस भएका हुन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। कार्की गत असार १ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए।

श्रेष्ठ सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीपछि वरिष्ठतम न्यायाधीश हुन्। २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त श्रेष्ठ सरकारी सेवामै लामो समय रहेर सर्वोच्चमा पुगेका हुन्। उनले मानवशास्त्रमा स्नातकोत्तर र कानुनमा डिप्लोमा गरेका छन् । श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएमा २०८१ असोज १९ सम्म बहाल रहनेछन्।

महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय पनि परिषद्को बैठकले गरेको छ।

प्रकाशित: Aug 03, 2023| 19:33 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्