आइतबार, वैशाख २७, २०८३

डेंगु नियन्त्रणमा गम्भीर बन्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं- कांग्रेसले कोशी प्रदेशमा फैलिएको डेंगु महामारीको प्रभावकारी नियन्त्रणका लागि जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएको छ।

National life

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

‘डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान गैसकेको छ। उक्त रोगको संक्रमणका कारण सयौंको संख्यामा नागरिक सिकिस्त विरामी परेका छन्। रोग फैलिने क्रम रोकिएको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ। अतः सो सम्बन्धमा विरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ।’


 

प्रकाशित: Aug 03, 2023| 18:11 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्