मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र मेट्रो हस्पिटलबीच सेवा प्रवाहमा सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र मेट्रो हस्पिटलबीच सेवा प्रवाहमा सम्झौता

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल धनगढीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। अब आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई माया मेट्रो हस्पिटल धनगढीमा प्राप्त हुने सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त हुने संस्थाले जनाएको छ।

National life

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र माया मेट्रो हस्पिटलका अध्यक्ष धीरेन्द्र सावदले हस्ताक्षर गरेका थिए।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले माया मेट्रो हस्पिटलसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने जानकारी दिएका थिए।

 

प्रकाशित: Aug 03, 2023| 20:34 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्