बुधबार, साउन १४, २०८२

७५ रुपैयाँमा ५ घण्टाको ‘एनसेल अनलिमिटेड डाटा’

 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

vianetvianet

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डाटा प्याक’ ल्याएको छ। यसअन्तर्गत ग्राहकले ५ घण्टाको अनलिमिटेड डाटा प्याक लिन सक्नेछन्।

कर सहित ७५ रुपैयाँमा लिन सकिने प्याकको समयावधि तीन दिनको रहने छ। कुनै डाटा भोल्युम सीमाबिना तीन दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।

ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३ ह्यास डायल गरी यो प्याक लिन सकिने कम्पनीले जानकारी दिएको छ। त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र एनसेलको आधिकारिक खुद्रा विक्रेताबाट पनि यो प्याक लिन सकिन्छ।

कम्पनीले बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ। जसमा ग्राहकले करसहित २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन्।

 

प्रकाशित: Aug 03, 2023| 20:06 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्