मंगलबार, वैशाख २९, २०८३

एनआईएमबीले ४ अर्बको ऋणपत्र ल्याउँदै

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले ४ अर्ब रुपैयाँभन्दा बढीको ऋणपत्र निष्काशन गर्ने भएको छ।

National life

बैंकले कुल ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। ‘एनआईएमबी डिभेन्चर २०९०’ नाम दिइएको ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत तोकिएको छ। ऋणपत्रको अवधि १० वर्षको हुनेछ।

कुल ऋणपत्रमध्ये १६ लाख १६ हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको छ। बाँकी २४ लाख २४ हजार कित्ता ऋणपत्र संस्थागत बिक्रीमा राखिने बैंकले जानकारी दिएको छ।

 

प्रकाशित: Aug 03, 2023| 19:47 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्