मंगलबार, वैशाख २९, २०८३

कुमारी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं- कुमारी क्यापिटल लिमिटेड नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ।

National life

यससँगै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ।

कुमारी क्यापिटल कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले सन् २०१७ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, लगानी व्यवस्थापनदेखि डिपोजिटरी पार्टिसिपेन्टसम्बन्धी सेवा दिँदै आएको छ।

एनसीएचएलका भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमा ५५ वटा बैंक तथा वित्तीय संस्था जोडिएका छन्। यसका साथै पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनी, मर्चेन्ट बैंक, सरकारी संस्थालगायत १०० भन्दा बढी प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।

 

प्रकाशित: Aug 03, 2023| 19:34 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्