बुधबार, साउन १४, २०८२

माछापुच्छ्रे बैंकको नाफा १० प्रतिशत बढ्यो

 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

vianetvianet

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ।

अघिल्लो आव २०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमासिकमा बैंकको नाफा ९.७५ प्रतिशतले बढेको छ। चौथो त्रैमासिकमा बैंकको नाफा १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

बैंकले खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड पुगेको विवरण सार्वजनिक गरेको छ। आव ०७८/७९ को चौथो त्रैमासिसम्म खुद ब्याज आम्दानी ४ अर्ब ८७ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन नाफा पनि ९.९१ प्रतिशतले बढ्दै २ अर्ब ६९ करोड रुपैयाँ भएको छ।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ९.७५ प्रतिशतले वृद्धि भएको छ। आव ०७८/७९ मा माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १६.४४ रुपैयाँ थियो। गत आवमा बढेर १८.०५ रुपैयाँ पुगेको छ।

बैंकको प्रतिवेदनअनुसार वितरणयोग्य नाफा १ अर्ब ५६ करोड छ। जसको आधारमा प्रतिसेयर वितरणयोग्य नाफा भने १५.२९ रुपैयाँ हुनेछ।

आव २०७८/७९ मा १.०४ प्रतिशत रहेको खराब कर्जा गत आवमा बढेर २.१२ प्रतिशत पुगेको छ।

 

प्रकाशित: Aug 03, 2023| 16:56 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्