मंगलबार, वैशाख २९, २०८३

एनआईसी एशियाको ‘अडियो अलर्ट डिभाइस’ सार्वजनिक

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं- एनआईसी एशिया बैंकले ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक गरेको छ। योसँगै क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुनेछ।

National life

यसका साथै एसएमएस वा इमेल अलर्टको व्यवस्था पनि रहेको बैंकले जानकारी दिएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याइएको यस डिभाइसमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ।

छिट्टै अन्य नेटवर्कबाट भुक्तानी गर्दासमेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिएको एनआईसी एशियाको भनाइ छ।

 

प्रकाशित: Aug 03, 2023| 16:54 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्