मंगलबार, वैशाख २९, २०८३

जनकपुरमा एभरेष्ट बैंकको नयाँ शाखा

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले जनकपुरको मुरली चोकमा १२७औँ शाखा सुरु गरेको छ। योसँगै जनकपुरमा एभरेष्ट बैंकका दुई वटा र मधेश प्रदेशमा १४ वटा शाखा भएका छन्।  जनकपुर उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरेका हुन्।

National life

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले जनकपुर आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जनकपुर शाखाले पञ्जाब नेशनल बैंक भारतसँगको साझेदारीमा रेमिट्यान्स सेवासमेत दिने जानकारी दिएको छ। एभरेष्ट बैंकका देशभर १६२ एटीएम, तीन एक्सटेन्सन काउन्टर र ७ प्रादेशिक कार्यालय छन्। यसका साथै बैंकले राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिइरहेको छ।

 

प्रकाशित: Aug 03, 2023| 16:53 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्