शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ३ खरिदका लागि प्रभु बैंकले ऋण दिने

जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ३ खरिदका लागि प्रभु बैंकले ऋण दिने

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं- भिजि इम्पेक्स प्रालि र प्रभु बैंकबीच सम्झौता गरिएको छ। नेपालमा जिडब्लुएम सवारीसाधनको आधिकारिक विक्रेता भिजि इम्पेक्स प्रालिले बैंकसँग जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ३ का लागि वित्तीय (फाइनान्सिङ) सम्झौता गरेको हो।

सम्झौतामा बुधबार भिजि इम्पेक्स (जिडब्लुएम) नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्ट र बैंकका प्रतिनिधि रेनुप्रसाद पाण्डेले सम्झौता गरेका छन्। सम्झौताले जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभीलाई ग्राहकहरूका लागि फाइनान्सिङ सुविधा पहुँचयोग्य बनाउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने, प्रतिस्पर्धी ब्याजदर र कर्जा अवधि उपलब्ध गराउने उद्देश्ये सहकार्य गरिएको बताइएको छ।

प्रभु बैंकले १२.०६ प्रतिशत ब्याजदरसहित अटो कर्जा प्रदान गर्ने र अटो लोन फाइनान्सिङका लागि व्यक्ति र फर्म दुवैका लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने सम्झौतामाम उल्लेख छ। कर्जाअवधि ५ वर्ष हुने र विशेष अवस्थामा ७ वर्षसम्म बढाउन सकिनेछ।

 

प्रकाशित: Aug 03, 2023| 16:52 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्