आइतबार, वैशाख २७, २०८३

जनमतका एकैपटक तीन वटा बैठक, सरकारमा जान हतार

जनमतले एकैपटक केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समिति बैठक आयोजना गरेको हो।
 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

National life

काठमाडौं– सीके राउत नेतृत्वको जनमत पार्टीले एकैपटक केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समिति बैठक आयोजना गरेको छ। आजदेखि काठमाडौंमा सुरु भएको बैठकको मूल एजेन्डा संघीय सरकारमा सहभागिता रहेको जनमतका अध्यक्ष सीके राउतले बताए।

संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ छ। ‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक एकै पटक आयोजना गरेका हौं। मूल एजेन्डा भनेको संगठन सुदृढीकरण अभियान हो। यसलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित छ। विभिन्न समितिमा मनोनीत गर्नुपर्ने नाम छान्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो’, उनले भने। 

प्रकाशित: Aug 03, 2023| 15:41 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्