शनिबार, असार २७, २०८३

झिनो अंकले बढ्यो नेप्से

आज २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता सेयर एक अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँमा किनबेच भएको छ।
 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं- सेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन झिनो अंकले बढेको छ। आज नेप्से तीन अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको छ।

आज २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता सेयर एक अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँमा किनबेच भएको छ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ३९९.५४ को विन्दुमा पुगेको छ। आज ट्रेडिङ उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसदिन उक्त उपमूहको समूहगत सूचक सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ।

आज १३ वटा उपसमूहमध्ये आठवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ। पाँचवटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ।

यसदिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नविल ग्रोथ फन्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। प्रोगेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ।

प्रकाशित: Aug 03, 2023| 15:23 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्