शुक्रबार, जेठ २९, २०८३

भीरबाट लडेर रेसुंगामा एक महिलाको मृत्यु

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

रेसुंगा- गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो।

National life

नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएका थिए। करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ।

मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। यो घटना बिहान ९ बजे भएको हो।

प्रकाशित: Aug 03, 2023| 15:12 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्