शुक्रबार, जेठ २९, २०८३

ललिता निवास प्रकरणः जेलमुक्त भए दुई आरोपी

पोखरेल बिरामीका कारण र खेतानले ललिता निवासको जग्गा फिर्ता गर्ने कबुल गरेपछि जेलमुक्त गरिएको हो।
 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०
National life
Shivam cement

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट पक्राउमा परेका दुई आरोपी जेलबाट रिहा भएका छन्।

सीआईबीले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई जेलमुक्त गरिएको हो। स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले पोखरेललाई हाजिरी जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले बताए।

अर्का आरोपी खेतानले आफ्नो नाममा रहेको ललिता निवासको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो। यो प्रकरणमा दुई जना छुटेसँगै सीआईबीको हिरासतमा रहनेको संख्या २० पुगेको छ।

प्रकाशित: Aug 03, 2023| 15:04 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्