मंगलबार, वैशाख २९, २०८३

अप्पर लोहोरे खोला हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।
 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं– अप्पर लोहोरे खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।

National life

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो। त्यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर विदेश रोजगारमा नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। 

कम्पनीले ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि निष्कासित सेयरमा आवेदन नपरेकोसहित कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ। 

आईपीओमा न्यूनतम १० र अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। २२ साउनसम्म तोकिएको मितिमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरे बिक्री अवधि ३२ साउनसम्म लम्बिने जनाइएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल हो।

प्रकाशित: Aug 03, 2023| 13:49 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्