आइतबार, वैशाख २७, २०८३

सुन तस्करीमा मेरो संलग्नता छैन: महरा

अवैध सुन कारोबारमा संलग्नले माओवादी उपाध्यक्षसँग फोन गरेको कल डिटेल छानबिन निकायले भेटेपछि महराले निकाले दोस्रो विज्ञप्ति।
 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

काठमाडौं– छोरालाई समेत संलग्न गराएर अवैध सुन कारोबारमा मिसिँदै आएको दाबी गरिएका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दोस्रोपल्ट पनि संलग्नता अस्वीकारेका छन्।

National life

उनले सुन प्रकरणमा निष्पक्ष छानबिनका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन्। अवैध सुन कारोबारमा संलग्नले माओवादी उपाध्यक्ष महरासँग फोन गरेको कल डिटेल छानबिन निकायले भेटेपछि उनले सुन प्रकरणसँग जोडिएको फोन आफ्नो नभएको दाबी गरेका हुन्।

केही दिनदेखि सुन प्रकरणसँग जोडेर आफ्नो नाम आएको उल्लेख गर्दै उनले भने, ‘अवैध सुन कारोबारमा मेरो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु। जहाँसम्म मैले फोन गरेको भनिएको छ, मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु।’

निष्पक्ष छानबिन भए सहयोग गर्न तयार रहेको महराले बताएका छन्। अवैध सुन कारोबारीसँग महरासहित वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायत माओवादी नेताको संलग्नता रहेको सचित्र दाबीसहित दिनहुँ समाचार प्रसारित भइरहेका छन्। अवैध सुन प्रकरणमा औंला ठड्याइएका माओवादी नेताहरुले व्यक्तिगत रुपमा विज्ञप्ति निकाले पनि यसबारे पार्टी केही बोलेको छैन।

प्रकाशित: Aug 03, 2023| 13:05 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्