शुक्रबार, साउन १६, २०८२

प्रचण्डकै सल्लाहमा फाइल खोलेको हुँ, कसैलाई छाडिन्न : नारायणकाजी

 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

vianetvianet

काठमाडौं- गृहमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलिएको बताएका छन्। छानबिनको क्रममा पार्टीभित्रकै व्यक्ति दोषी देखिए कसैलाई नजोगाउने उनले बताए।

प्रज्ञा भवन कमलादीमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री श्रेष्ठले सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने प्रतिबद्धता जनाए। पछिल्लो समय सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिएको छ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा र उपमहासचिव वर्षमान पुन दम्पतीको नामा सुन प्रकरणमा आइरहेको छ। उनीहरूले भने आफूहरु संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन्।

 

 

प्रकाशित: Aug 03, 2023| 12:54 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्