शनिबार, साउन १७, २०८२

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

एजेन्डाबिनै बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे केन्द्रीय सदस्यलाई अपडेट गराइने रास्वपाले जनाएको छ।
 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

vianetvianet

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बालाजुस्थित मुख्यालय चःमतिमा अपराहन् ४ बजे बस्ने गरी बोलाइएको छ।

एजेन्डाबिनै बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे केन्द्रीय सदस्यलाई अपडेट गराइने रास्वपाले जनाएको छ।

बैठकका लागि एजेन्डागत कार्यसूची नरहेको रास्वपा उपसभापति डोलप्रसाद (डिपी) अर्यालले बताए। आगामी मंसिरमा पहिलो महाधिवेशन गर्ने तयारी थालेको रास्वपाले यसलाई आजको बैठकमा पनि छलफलमा ल्याउनेछ।

रास्वपाको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको छ।

रास्वपा विधानमा १२१ सदस्यीय केन्द्रीय समिति रहने भनिए पनि हाल केन्द्रीय समिति ३९ सदस्यीय मात्रै छ। निर्वाचित रास्वपा सांसदलाई केन्द्रीय समितिमा मनोनीत गर्ने तयारी छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ सांसद मात्रै केन्द्रीय समितिमा समेटिएका छन्।

प्रकाशित: Aug 03, 2023| 11:27 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्