शनिबार, साउन १७, २०८२

रवि लामिछानेको ब्लू बस भोटको राजनीतिः एमाले महासचिव पोखरेल

नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर ब्लू बस चलाएका होलान्, पोखरेलले लामिछानेसँग मागे जवाफ।
 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

vianetvianet

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटका लागि सस्तो राजनीति गरेको एमाले महासचिव शंकर पोखरेलले आरोप लगाएका छन्।

लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा बुधबारदेखि महिलाका लागि मात्र निःशुल्क बस सञ्चालन गरेको विषय सामाजिक सञ्जालमा उठाउँदै पोखरेलले यस्तो बताएका हुन्।

यो प्रकरणले आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् भन्ने जिज्ञासा उठेको पोखरेलको भनाइ छ। 

दुनियाँका धेरै मुलुकमा महिला बन्द समाजमा जकडिएका  बेलामा नेपाली समाजमा अपवादबाहेक महिला सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको पोखरेले दाबी गरेका छन्। उत्पादनको काममा परिवारका सदस्यसँग मिलेर एकसाथ काम गर्ने महिला पछिल्लो समय रोजगारीका लागि ठूलो संख्याका पुरुष  बिदेसिएका बेला महिला नै परिवारको मूल भूमिकामा रहेको उनले बताएका छन्।

यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेका होलान्? जिज्ञासा उठ्नु स्वाभाविक भएको महासचिव पोखरेलको जिकिर छ।

उनले यतिबेला नेपाली समाजमा रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता भएको र  चितवन महिला जागरण र जागृतिको थलो रहेको धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्। 

पञ्चायतकालमा आफू विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाले ठूलो संख्यामा साइकल चलाएर स्कुल, कलेज आएको देख्दा पुरुष र महिलाबीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको उनले स्मरण गरेका छन्।

उनले भनेका छन्, ‘तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुआत गरेको समाचार सुन्दा हामी कता जान खोज्दै छौं भन्ने प्रश्न जागृत भएको छ। नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनुपर्दछ। हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनुपर्दछ।’

स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखिएको महासचिव पोखरलेले बताए। चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गर्न उनले लामिछानेलाई आग्रह गरेका छन्।

प्रकाशित: Aug 03, 2023| 10:55 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्