काठमाडौं– बुधबारदेखि सुरु भएको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि बस्दै छ।
पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एजेन्डामाथि रहेर १८ केन्द्रीय सदस्यले आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
आजको बैठकमा पनि अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत एजेन्डा, मंसिरमा हुने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारले गरेका काम–कारबाहीबारे सदस्यले कुरा उठाउनेछन्।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले बताएको छ।