आइतबार, वैशाख २७, २०८३

प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दै

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

National life

काठमाडौं- संवैधानिक परिषदको बैठक बिहीबार बस्दैछ। सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि बैठक बस्न लागेको हो।

गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज पुनः बोलाइएको हो। बैठक अपराह्न ५ बजे बस्नेछ।

आगामी शनिबारदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो।

प्रकाशित: Aug 03, 2023| 09:49 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्