शुक्रबार, साउन १५, २०८३

नारायणीमा हामफालेकी महिला बाँचिनन्

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

आज बिहान नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। बिहान पौने ८ बजेतिर नारायणगढस्थित नारायणी पुलबाट हामफालेकी अन्दाजी ४५ वर्षकी महिलाको केहीबेरमा उद्धार गरिएको थियो।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापन टोलीले ती महिलाको उद्धार गरेको थियो। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि साउन १० गते पनि एक जना महिला यही पुलबाट नदीमा हामफालेकी थिइन्। तीन दिनपछि उनी मृत भेटिएकी थिइन्।

प्रकाशित: Aug 03, 2023| 09:39 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्