शुक्रबार, जेठ २९, २०८३

छोरीलाई विष खुवाएर हत्या गर्ने आमालाई तीन वर्ष कैद

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाई हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ। अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाएको हो। 

National life

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए। सुष्माले २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए। 

उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो। सुष्माको भने उपचारपश्चात् निको भएको थियो। सो घटनामा आरोपितका पति मनोज विकले २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए। 

घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए। सुष्मालाई प्रहरीले २०७८ साउन ३० गते पक्राउ गरेको थियो। उनी विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो। सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन्।

प्रकाशित: Aug 03, 2023| 09:35 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्