काठमाडौं- संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बिहीबार बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेमा बस्नेछ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
यस्तै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे पनि जानकारी गराइनेछ।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ सभासमक्ष पेस गर्ने कार्यक्रम छ।