शनिबार, साउन १७, २०८२

अदालतले हिरासतमा राख्न नपर्ने भनेपछि छुटिन् भगवती पाण्डे

 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे 'शीतल' माथि अनुसन्धान गर्न उनलाई प्रहरी हिरासतमा राख्न नपर्ने भनेपछि उनी रिहा भएकी छन्।

जातीय विभेदसम्बन्धी कसुरमा बुधबार पक्राउ परेकी पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो।

तामाङ र मगर समुदायका अगुवासहितले दिएको उजुरीका आधारमा जाँचबुझका लागि भन्दै पाण्डेलाई बुधबार जिल्ला प्रहरी परिसर टेकु बोलाइएको थियो। टेकुमा नै उनलाई पक्राउ गरिएको थियो। 

प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो। तर अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन्। 

प्रकाशित: Aug 03, 2023| 08:50 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्