शुक्रबार, जेठ २९, २०८३

महोत्तरीका किसानको पिरलो

पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर

बर्खा सुरु भयो कि महोत्तरीका किसानलाई पानी पर्ने र नपर्ने पिरलो बढ्छ। पानी नपर्दा खेती नहुने, खानेपानीको हाहाकार पर्ने, पानी बढी पर्दा घरखेत बाढीको कटान र डुबानमा पर्ने चिन्ताले सधैं किसानलाई पिरलो हुन्छ।
 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

महोत्तरी- मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन्। खानेपानीको सङ्कट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा छन्।

National life

बर्खायाम सुरु भयो कि महोत्तरीका किसानलाई पानी पर्नेरनपर्ने पिरोलो बढ्छ। पानी नपर्दा खेती नहुने, खानेपानीको हाहाकार पर्ने, पानी बढी पर्दा घरखेत बाढीको कटान र डुवानमा पर्ने चिन्ताले सधैँ किसानलाई पिरलो हुन्छ।

यस वर्ष साउनमध्य बितिसक्दासम्म पनि पानी नपरेपछि किसानले धान लगाउन पाएका छैनन् भने गर्मीका कारण अन्य बालीनाली र बोटबिरुवासमेत सुक्दै गएका छन्। खानेपानीका मुहान सुक्दा अहिले जिल्लाका कैयौंँ गाउँरबस्तीमा खानेपानीको सङ्कट बढेको छ। जिल्लामा हालसम्म ४० प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी जनाएको छ। केन्द्रका अनुसार कूल ७१ हजार हेक्टर जमिन खेतीयोग्य मानिएकामा करिब ५० हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिएको छ।

जिल्लाको कूल खेतीयोग्य क्षेत्रफलमध्ये स्थायी सिँचाइ (कुलोरनहर)) १० प्रतिशत जग्गामा पुगेको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ। आकाशे पानीको भरमा खेती गर्ने किसान पानी नपरेपछि धानको बीउ ब्याडमै सुक्न थालेको बताउँछन्।

सिँचाइ पुगेका स्थानमा पनि पानीका मुहान सक्न थालेको बर्दिबास–३ कालापानीका किसान नरबहादुर पुलामीले बताउ। कलकल पानी बग्ने कुलोमा कमिलाका ताँती देखिने थालेका उनको भनाइ थियो। ‘आकाशबाट पानी नपरेकाले कुलो तथा नहर सबै सुकेका छन्’, पुलामीले भने, ‘कुलोमा पानी ल्याउने नदी, खोल्साखोल्सी सबैमा धुलो उड्दैछ, अनि कहाँबाट पानी आउँछ र सिँचाइ हुन्छ!’

Shivam cement

उनका अनुसार गत वर्षको बर्खामा बाढी र डुवानले कैयौँं बस्तीका नागरिका विस्थापित भएका थिए। उनीहरु अझै पनि  पालमुनि बस्दैछन्। यस वर्ष साउनमध्य हुँदासम्म पनी खेती गर्ने पानी नपरेर चिन्ता थपेको उनको भनाइ छ।

भङ्गाहा–५ सीतापुरका शिवनाथ खत्वेले पानी नपरेपछि धान रोप्न नपाएको बताए। उनले कुलोबाट सिँचाइ गरी रोपाइँ गरिए पनि धानको रोपो खङ्रङ सुक्दै गएको बताए। पानी नपरेर खेती गर्न नपाएका खत्वेलाई कहिलेकाहीँ चुरे पाहाडमा बादल मडारिएको देख्नासाथ अब घर उठिवास हुनेभो भन्ने चिन्ताले गलाउँछ।

‘आकाशे पानीको भरमा खेती गर्नु पर्ने भएकाले पानी नपर्दा खेत बाँझो बस्ने पीर, बादल मडारिएको देख्दा भिषण वर्षाले बडहरी नदीमा बाढी आएर बस्ती नै बगाएर लान्छ भन्ने त्रासले छ’, उनले भने। जताततै धान हरिया देखिने समयमा खडेरीले उजाड बनाएको उनको भनाइ थियो।

धनुषाको सीमासँगै रहेको उक्त बस्ती नजिकको बडहरी नदीमा धनुषातर्फ खोरिया–सीतापुरसम्म तटबन्ध छ।  महोत्तरी सुुरु भएपछि साँघुरिएको तटबन्धमा ठुलो पानी पर्दा आउने बाढीको बेगका कारण बस्ती जोखिममा परेको धतियाटोलका शोभित खत्वेले बताए। ‘पानी नपरे खेतीको चिन्ता, पानी परे बाढी र डुवानले उठिवास हुने चिन्ता छ’, उनले भने। उनका अनुसार धतियाटोल बडहरी नदीको अहिलेको बहाव क्षेत्रबाट एक सय मिटर दुरीमा पर्दछ।

एकदशकअघि एक किलोमिटर टाढाको नदीले धार फेर्दै बस्ती नजिकै आइपुगेको भन्दै नियन्त्रणका विकल्प नखोज्दा बस्ती नै जोखिममा परेको झौली भण्डारी मालीले बताए। बडहरि नदी वारीपारी बाँध बनाएर खेतीका लागि सिँचाइको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।

‘माथि बाँध बाँधेपछि नदीमा आउने बाढीले ल्याउने मलिलो माटो खेतमा पुर्‍याए उब्जनी बढ्छ’, किशोरी सिंह राजपूतले भने, ‘गत वर्षको बर्खेभेलले खेत पुरै कटान गरेको छ।” नदी नियन्त्रणका उपाय खोजी सिँचाइको प्रबन्ध गर्न सके उत्पादन वृद्धि हुनुका साथै बस्ती सुरक्षित हुने उनको भनाइ थियो।

बडहरि नदीले पछिल्ला १० वर्षयता बस्तीका ७० बिघाभन्दा बढी उर्बर जग्गा कटान गरेको जोगिन्दर यादवले बताए। ‘विभिन्न ठाउँमा बाँध, कुलो बनाई सिँचाइका प्रबन्ध भएका समाचार आए पनि हाम्रोतिर भने सधैँ आकाशे पानीको भरमा बस्नुपरेको छ’, उनले भने, ‘स्थानीय सरकारको यसतर्फ ध्यान जान सकेको छैन।’

‘जनताको तटबन्ध कार्यक्रम’अन्र्तगत रातु, बडहरीलगायत नदीका ठाउँठाउँमा बाँध बाँधिए पनि भङ्गाहा नगरपालिका–३, ४ र ५ मा बाँध बाँधिएको छैन। यहाँका जनप्रतिनिधिले नागरिकको सुरक्षाका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ।

भङ्गाहा नगरपालिकाका एक दर्जनभन्दा बढी बस्ती बडहरी र रातु नदी कटानको उच्च जोखिममा छन्। धतियाटोल, रामनगर, सिद्धपुर बडहरीको र टोका, पलार, रामनगर, सिङ्ग्याही, हतिसर्वा, बखरी, कविलाशा, सग्रामपुर र मजरासहितका बस्ती रातु नदीको कटान जोखिममा छन्।

जोखिमपूर्ण बस्तीलाई दीर्घकालीन रुपमा बचाउनका लागि तटबन्ध र सिँचाइ कार्यक्रमबारे प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको भङ्गाहा नगरप्रमुख सञ्जीवकुमार साह बताए। ‘यस्ता योजनाका लागि प्रदेश र केन्द्र सरकारको साथ खोजिएका छौँ’, उनले भने।     -रासस

प्रकाशित: Aug 03, 2023| 08:22 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्