आइतबार, वैशाख २७, २०८३

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज अपरान्ह्र प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराएका हुन्।

National life

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ४७ सांसदको समर्थन पाएका थापालाई मंगलबार खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए।

यसअघि असार २१ मा पनि मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएका कारण सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो।

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर गठबन्धनले उनलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको हो। थापाले आजै सानो आकारको मन्त्रिमण्डल पनि विस्तार गर्दैछन्। मन्त्रिमण्डल विस्तारमा भने भागवण्डा नमिलेर सकस भइरहेको छ।

प्रकाशित: Aug 02, 2023| 17:50 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्