आइतबार, वैशाख २७, २०८३

नेकपा माओवादी पार्टीजस्तो नभएको अध्यक्ष प्रचण्डको गुनासो

नेकपा माओवादी लथालिंग र भताभुंग अवस्थामा रहेकाले पार्टीजस्तो नभएको अध्यक्ष प्रचण्डको दाबी। 
 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०


काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको आजदेखि पाँचदिने केन्द्रीय समिति बैठक सुरु भएको छ। प्रज्ञाभवनमा सुरु भएको पहिलो दिनको बैठकमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीलाई पार्टीजस्तो बनाउन नसकिएको स्वीकारेका छन्। 

National life

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेकपा माओवादी लथालिंग र भताभुंग अवस्थामा रहेकाले पार्टीजस्तो नभएको औंल्याएका हुन्।

अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी, पार्टीजस्तो भइरहेको छैन। पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ। पार्टीका सन्दर्भमा बेलामौकामा भन्ने गरेको छु– हामीसँग नेता, कार्यकर्ताको विशाल पंक्ति छ तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन।’

यद्यपि नेकपा माओवादी पार्टीजस्तो नभए पनि आफूले नेतृत्व गरेको सरकारका कामले भने जनतामा नयाँ आशा पलाएको बताए। राजनीतिक समीकरण र आन्तरिक कारणले केन्द्रीय समिति बैठक ढिला गरी बसेको उनले स्पष्टीकरण दिए।

उनले केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रित हुने विश्वास व्यक्त गरे।

प्रकाशित: Aug 02, 2023| 14:11 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्