आइतबार, वैशाख २७, २०८३

माओवादी बैठकले कोशीका मुख्यमन्त्रीको सपथमा ढिलाइ

आज बिहान साढे १० बजे सपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरे पनि सत्ता गठबन्धनले समय घचेट्न आग्रह गरेपछि ढिलाइ भएको हो।
 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

National life

काठमाडौं– सत्तारुढ माओवादी केन्द्रको आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकका कारण कोशी प्रदेशमा महिना दिनमा दुईचोटि नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाको सपथमा ढिलाइ भएको छ।

आज बिहान साढे १० बजे सपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरे पनि सत्ता गठबन्धनले समय घचेट्न आग्रह गरेपछि ढिलाइ भएको हो।

सपथ समय बेलुकी ५ बजेका लागि तोकिएको छ। सम्भवतः आजको बैठकमा मुख्यमन्त्री थापाले छोटो मन्त्रिपरिषद्का रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य वा प्रदेश सरकार टिकाइदिन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतममध्ये एक जनालाई मन्त्री बनाउने बुझिएको छ।

प्रकाशित: Aug 02, 2023| 13:35 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्