आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बाबुराम गौतमः सभामुख छँदा संविधान उल्लंघन, राजीनामा दिनासाथ मन्त्रीको चिट्ठा

बाबुराम गौतमः सभामुख छँदा संविधान उल्लंघन, राजीनामा दिनासाथ मन्त्रीको चिट्ठा

पहिलो सरकार निर्माणका लागि सभामुखजस्तो तटस्थ भूमिकामा रहने पदलाई सत्तामा मिसाइदिएर विवादमा आएका र पछिल्लोपल्ट सरकार बनाउन सभामुखबाटै राजीनामा दिएका बाबुराम गौतमलाई पुरस्कृत माओवादी।
 |  बुधबार, साउन १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

vianetvianet

काठमाडौं– उद्धव थापालाई गत २१ असारमा मुख्यमन्त्री बनाइँदा हस्ताक्षर गरेर बहुमत जुटाइदिएपछि विवादमा आएका कोशी प्रदेशका निवर्तमान सभामुख बाबुराम गौतमले एकपछि अर्को लाभको पद पाउने भएका छन्।

सर्वोच्चले थापाको मुख्यमन्त्री पद खाइदिएपछि सत्तारुढ गठबन्धनबाटै पुनः सत्तारोहण गरेका उद्धवको मन्त्रिमण्डललाई बहुमत जुटाइदिन हिजो मात्रै बाबुरामले सभामुखबाट राजीनामा दिइसकेका छन्। 

गौतमले सभामुखबाट राजीनामा दिनासाथ गठबन्धनलाई हालका लागि चाहिएको ४७ संख्याको सिट ढुक्कले पुगेको छ। सरकार गठन–विघटनमा खेलाडी बनेपछि सभामुखबाट राजीनामा दिएका गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री उपहार दिने भएको छ।

थापा नेतृत्वको सरकारमा बाबुरामलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी माओवादीले गरेको बुझिएको छ। माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गौतमलाई सरकारमा पठाइने पुष्टि गरे पनि मन्त्रालयबारे केही भनेन्।

सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त मुख्यमन्त्री थापाले आज पदको सपथ लिँदै छन्। आजै गठबन्धन दलबाट सहभागी हुने मन्त्रीले पनि सपथ लिनेछन्। मुख्यमन्त्रीपछि दोस्रो नम्बरमा रहने गरी बाबुरामलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले बताए।

प्रकाशित: Aug 02, 2023| 11:18 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्