आइतबार, वैशाख २७, २०८३

केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी

पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने भने पनि स्थानीय समिति बैठकबाट निर्णय खारेज।
 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

काठमाडौं– कांग्रेसलाई पछ्याएर आजदेखि सुरु हुने केन्द्रीय समिति बैठक लाइभ गरिने बताएको सत्तारुढ नेकपा माओवादी केन्द्र निर्णयबाट पछि हटेको छ। आज बिहान मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए।

National life

उनले भने, ‘पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरे पनि त्योभन्दा ठूलो स्थायी समिति बैठकबाट गर्नुहुँदैन भन्ने निर्णय पारित भएको छ। अब केन्द्रीय समिति बैठक लाइभ हुँदैन।’

माओवादीको पाँचदिने केन्द्रीय समिति बैठक दिउँसो १ बजे कमलादीस्थित  प्रज्ञा भवनमा सुरु हुँदै छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम–कारबाही, संगठनात्मकलगायत विषयका एजेन्डा पेस गर्नेछन्। प्रचण्डपछि जम्बो केन्द्रीय सदस्यलाई धारणा राख्न समय दिइनेछ।

प्रकाशित: Aug 02, 2023| 10:40 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्