आइतबार, वैशाख २७, २०८३

विना निष्कर्ष सकियो संवैधानिक परिषद‍्को बैठक

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

National life

काठमाडौं- प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषद‍्को बैठक विना निश्कर्ष टुंगिएको छ। अपराह्न सिंहदरबारमा डेढ घण्टा बसेको परिषद् बैठक निष्कर्षविहीन बनेको हो। 

मंगलबारकै बैठकले अर्को बैठक आगामी बिहीबार ५ बजे बस्ने तय गरेको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० साउनमा अनिवार्य अवकाश पाउँदैछन्। प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि नै संवैधानिक परिषद‍्ले अर्को नाम सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था छ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद‍्मा प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश रहने व्यवस्था छ। तर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने परिषदको बैठकमा भने कानुनमन्त्री सदस्य हुन्छन्।

प्रकाशित: Aug 01, 2023| 19:01 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्