शुक्रबार, जेठ २९, २०८३

सिरहाको गोलबजारमा युवकको शव फेला

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०
National life
Shivam cement

लहान- सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ। गोलबजार नगरपालिका-२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।  शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुनसक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रवीन्द्रराज पाण्डेले भने, ‘अन्यत्र कतै हत्या गरी शव झाडीमा फालिएको हो कि भन्ने शङ्का छ। प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ।’

प्रकाशित: Aug 01, 2023| 18:08 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्