कालको अर्थ मृत्यु हो। शास्त्रमा सर्पलाई कालको पर्यायका रुपमा लिइएको पाइन्छ। काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ र आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ। मनुष्यलगायत सम्पूर्ण चराचर जगतको मृत्यु कालका अधीनमा छ। काल सधैं गतिशील रहन्छ। यो कहिल्यै कसैका लागि पर्खँदैन।
यसैले प्राणीलाई मृत्युका सम्मुख पुर्याउँछ। सर्पलाई पनि कालकै अ|u मानिएको छ। कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो, जसले व्यक्ति विशेषलाई अति नै कष्ट प्रदान गर्दछ अनि उसको जीवन स्वतः संघर्षसँग गाँसिन पुग्छ। हामीले व्यवहारमा मान्दै आएका नवग्रहहरू मध्ये आकाशमा हेर्दा औंल्याउन नसकिने २ वटा ग्रहः राहु र केतुलाई छायाँग्रह भन्ने गरेको पाइन्छ।
ज्योतिष शास्त्रको यस प्रमाणले पनि कालसर्प योग यस्तै अवस्थालाई भनिन्छ भन्ने पुष्टि गरेको छ। कालसर्प योग भएमा वंशनाश नै हुन्छ भनिएको पाइन्छ तर व्यवहारमा भने यस्तो भेटिँदैन। कालसर्प योग भएको मानिसको जिवनमा भने संघर्ष धेरै नै हुने गर्दछ। धेरै संघर्ष हुने भएकाले नै लाक्षणिक रुपमा वंश नाश हुन्छ भनेको हुन सक्ने देखिन्छ।
ज्योतिष शाास्त्रमा यस्ता हजारौँ योगहरु को वर्णन गरिएको पाइन्छ। राजयोग, महाराज योग, धनयोग, दरिद्र योग, मृत्यु योग, अल्पमृत्यु योग, रोग योग जस्ता योगहरु नाम अनुसार नै फल दिने गर्दछन्। कुण्डलीको १२ भावमा बसेका ग्रहहरुको आधारमा नै यस्तै विभिन्न योगहरु निर्माण हुने गर्दछन्।
कालसर्प योग पनि कुण्डली हेरेर पत्ता लगाउन सकिन्छ। राहु र केतु ग्रहको एकातिर माात्र नै सबै ग्रहहरु भएको अवस्थालाई कालसर्प योग भनिन्छ। यस योगलाइ पुर्वजन्म का विविध दोषहरु पनि मान्ने गरिन्छ। पितृदोष , नागदोष आदि मानिन्छ। राहु र केतु को एकातर्फ मात्र नै सबै ग्रहहरु हुँदा यस्तो योग बन्ने भएकाले कुनै समयमा यो १५ दिन सम्म लगातार जन्मिने सबै मानिसहरुमा पर्न सक्ने देखिन्छ भने यो भन्दा बढी अवधीमा पनि चन्द्रमा को अवस्थाका कारण आंशिक कालसर्प योग हुने गर्दछ।
कालसर्प योग भएका मानिसहरु निकै ठूला व्यक्ति बन्न सक्ने भएकाले यो योग पर्दैमा आत्तिनु भने पर्दैन। यसले जीवनमा चाहिँ निकै ठूलो संघर्ष दिने गर्छ। त्यसैले यसको शान्ति गर्दा यसको नराम्रो प्रभाव कम हुने शास्त्रको मान्यता रहेको छ।यसको शान्तिको लागि विधान अनुसार रुद्रि, हवन र नाग पुजा गरि खोलामा लगेर नागलाई बगाउने गरिन्छ।